कामना बैंक र पारस अस्पतालबीच सेवा शुल्कमा छुट सम्झौता

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार

कामना सेवा विकास बैंकले मोरङ, बिराटनगरस्थित पारस अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालका विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट पाउनेछन्।

ग्राहकहरुले बैंकसँग आबद्धता भएको प्रमाण प्रस्तुत गरेपछि यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्। बैंकले यस सम्झौताबाट आफ्ना सबै कर्मचारी तथा ग्राहकले विशेष लाभ पाउने विश्वास व्यक्त गरेको छ।

सम्झौतामा बैंकतर्फ कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरेका छन्।

  • Clock icon
    २०८२ मंसिर १२, शुक्रबार