चार महिनामै सहकारी ठगी २ अर्ब नजिक, गण्डकी सबैभन्दा प्रभावित

सहकारी क्षेत्रमा ठगीसम्बन्धी उजुरी फेरि तीव्र रूपमा बढेको छ। नेपाल प्रहरी केन्द्रीय कार्यालयले कात्तिक मसान्तसम्म सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तथ्यांक अनुसार, पछिल्ला चार महिनामा मात्रै करिब १ अर्ब ९२ करोड रुपैयाँ बराबरको ठगी उजुरी दर्ता भएको छ।

देशका ४ प्रदेश र काठमाडौँ उपत्यकामा गरी १९ वटा मुद्दा दर्ता भएका छन्। यामध्ये १९ जना पक्राउ परेका छन् भने १०८ जना अझै फरार रहेका छन्।

गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित

प्रदेशगत विवरणमा गण्डकी प्रदेश ठगीका घटनामा सबैभन्दा प्रभावित देखिएको छ।

  • बिगो रकमः १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी

  • मुद्दा संख्या: ४

  • पक्राउ: १५

  • फरार: २५

गण्डकीमा भएको कुल बिगोले देशभरको सहकारी ठगी उजुरीमध्ये सबैभन्दा ठूलो हिस्सा ओगटेको छ।

लुम्बिनी दोस्रो, २८ करोड ७५ लाख बिगो

लुम्बिनी प्रदेशमा एकै मुद्दामा २८ करोड ७५ लाख रुपैयाँ बराबरको ठगी दर्ता भएको छ। यहाँ १ जना पक्राउ परेका छन्।

मधेस प्रदेशमा २ मुद्दा, करिब ९ लाख २० हजार बिगो

मधेस प्रदेशमा दर्ता भएका २ मुद्दामा कूल ९ लाख २० हजार रुपैयाँ ठगी आरोप परेको छ।

  • पक्राउ: १

  • फरार: २

कोसीमा २० लाख बिगो, तर पक्राउ शून्य

कोसी प्रदेशमा २० लाख रुपैयाँ बिगोसहित एक मुद्दा दर्ता भएको छ। तर, अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन।

काठमाडौँ उपत्यकामा ३२ करोडभन्दा बढी ठगी

उपत्यकामा मात्रै ११ मुद्दा दर्ता भएका छन्।

  • बिगोः ३२ करोड रुपैयाँभन्दा बढी

  • पक्राउ: २

  • फरार: ७१ जना

उपत्यकामा ठगीमा संलग्न फरारहरू अत्यधिक भएकाले अनुसन्धानमा चुनौती देखिएको प्रहरीको भनाइ छ।

पछिल्ला वर्षहरूमा पनि सहकारी ठगी उच्च स्तरमै

पछिल्ला आर्थिक वर्षहरूको प्रहरीले सार्वजनिक गरेको तथ्यांकले सहकारी ठगी निरन्तर बढ्दो अवस्थामा रहेको देखाउँछ।

  • आव २०८१/८२:

    • मुद्दा: ८६

    • बिगो: ६ अर्ब ३० करोड

    • पक्राउ: ४४

    • फरार: ५९३

  • आव २०८०/८१:

    • मुद्दा: ९८

    • बिगो: १ खर्ब २७ अर्ब (सबैभन्दा धेरै)

  • आव २०७९/८०:

    • मुद्दा: ९३

    • बिगो: ११ अर्ब ५३ करोड

    • गिरफ्तारी: २०८

    • फरार: ५५३

  • आव २०७८/७९:

    • मुद्दा: २४

    • बिगो: करिब ५ अर्ब रुपैयाँ