बिरगन्ज सीमाशुल्कले पहिलो चार महिनामा ७५ अर्बभन्दा बढी राजस्व संकलन

बिरगन्ज सीमाशुल्क कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। समान अवधिमा सवारीसाधन र अटो पार्ट्सको आयातबाट १० अर्ब १० करोड, फलाम तथा फलामजन्य उत्पादनबाट ४ अर्ब ५८ करोड, कपडा आयातबाट ४ अर्ब २५ करोड, र मेसिनरी तथा पार्ट्सको आयातबाट ३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, विद्युतिय मेसिनरी, उपकरण र पार्ट्सको आयातबाट ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जानकारी दिएको छ। समग्रमा, चालु आर्थिक वर्षको पहिलो चार महिनामा २८४ अर्ब ८९ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् र त्यसबाट ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ।