सिद्धार्थ बैंक एनपीएलमा सुदूर र विराटनगर क्वालिफायरमा भिड्ने, काठमान्डुले लुम्बिनीसँग एलिमिनेटर खेल्ने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । शनिवारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेपछि प्लेअफको समिकरण तय भएको छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । लिगमा सुदूरपश्चिम ७ मा ६ जित र १ हारबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

विराटनगरले विष्फोटक ब्याटिङ रग्दै सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य १२ ओभर भित्रै पूरा गरेपछि काठमान्डु गोर्खाजलाई पछि पार्दै क्वालिफायरमा पुगेको हो ।

विराटनगर र काठमान्डु गोर्खाजको समान ५ जितबाट १० अंक भएपनि नेट रनरेटमा विराटनगर अघि रहेको छ ।

विराटनगरसँग रनरेटमा पछि परेपछि काठमान्डुले अब चौथो स्थानमा रहेको लुम्बिनी लायन्ससँग एलिमिनेटर खेल्नेछ । लुम्बिनीले लिगमा ७ मध्ये ४ जित र ३ हारबाट ८ अंक जोडेर चौथो भएको थियो ।

सुदूरपश्चिम बाहेक बाँकी तीन टिम पहिलो पटक एनपीएलको प्लेअफमा पुगेका हुन् ।

अब आउने मंगलबार सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै काठमान्डु र लुम्बिनी बीच बुधबार एलिमिनेटर खेल हुनेछ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ ।

पोखरा एभेन्जर्स दुवै संस्करणमा प्लेअफ नपुग्ने एक मात्र टिम बनेको छ ।

 

 

अनलाइनखबरबाट साभार

चितवन राईनोजले टस जितेर पहिला ब्याटिङ गर्दै