सिद्धार्थ बैंक एनपीएल-चितवन राईनोजद्वारा पोखरा एभेन्जर्सलाई दियो १२१ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग -एनपीएल अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राईनोजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको हो ।
चितवनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्सले फिल्डिङको निम्तो पाएको थियो । चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् ।

चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।

सुदूर र विराटनगर क्वालिफायरमा भिड्ने, काठमान्डुले लुम्बिनीसँग एलिमिनेटर खेल्ने