कुलमानविरुद्ध उजुरी

कुलमानविरुद्ध उजुरी

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिचाइँ र शहरी विकासमन्त्री कुलमान घिसिङ्गविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।
अधिवक्ता डा.प्रेमराज सिलवालले उनीविरुद्ध आज उजुरी दर्ता गरेका हुन् ।

उनले नागरिकको मानव अधिकार हनन हुनेगरी काठमाडौं छिर्ने प्रमुख नाका धादिङको मूल सडक बन्द गर्न आदेश दिएको डा.सिलवालको आरोप छ । आउँदो मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारीमा हुन लागेको नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउनबाट रोक्नका लागि घिसिङ्गले बाटो बन्द गर्न निर्देशन दिएको उनले बताएका छन् । उनले दुराशयपूर्ण र पूर्वाग्रहको भावना राखेर सो कार्य गरेको उजुरीपत्रमा उल्लेख छ ।

भनिएको छ,‘संसद्मा दोस्रो ठूलो राजनीतिक दलको केन्द्रीय महाधिवेशन सो दल सम्बद्ध सबै नेता, कार्यकर्ता र सबै नागरिकका लागि महान चाडपर्वजस्तै हो । त्यस्तो अवस्थामा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री माननीय कुलमान घिसिङ्गले दुराशयपूर्ण भावना र राजनीतिक पुर्वाग्रह लिई नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को राष्ट्रिय महाधिवेशनमा आउने नागरिकको मौलिक हक अधिकारसमेत हनन हुनेगरी काठमाडौं छिर्ने प्रमुख नाका धादिङ जिल्लाको मूलसडक मर्मत गर्ने भन्दै बाटोमा अवरोध (बाटो बन्द) गर्ने खबर सार्वजनिक भएका छन् ।’

उनको सो आदेशले नागरिकको मनोबल गिर्ने, लोकतान्त्रिक राजनीतिक दलमा लागेका र समर्थक नागरिकको संविधानप्रदत्त मौलिक हक हनन हुने डा।सिलवालको ठम्याई छ ।

सो कार्य नेपालको संविधानको प्रस्तावना, धारा १६ को (१), धारा १७ को (१), उपधारा (२) को (क), (ख),(ग),(घ),(ङ) तथा संविधानको धारा २६९ को उपधारा ९१० विपरीत भएको बताउँदै उनले त्यस्तो कार्य नगर्न सरकारलाई तत्काल सचेत गराउन आयोगको ध्यानाकर्षण गराएका छन् ।