सर्वसाधारणलाई झण्झट दिने १३ जना बैदेशिक रोजगार विभागबाट पक्राउ

सर्वसाधारणलाई वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै अनावश्यक झण्झट दिने १३ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले वैदेशिक रोजगारको सिलसीलामा ठगिएका पीडितहरु न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ  छ ।

श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीलाई हैरानी दिइ बिचौलिया प्रयोग गर्न उनीहरूले बाध्य बनाउने गरेको छ । उनीहरूले पीडितसँग पीडकविरुद्ध पुर्जी जारी गरिदिन सहयोग गर्ने भन्दै मोलमोलाइ गर्ने गरेका छन् ।

उनीहरूको नाम गोप्य राखिएको छ ।