आज अमेरिकी डलरको मूल्य महंगो

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि अमेरिकी डलरको विनिमयदर बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य आज पनि बढेको छ। आज पाउन्डको मूल्य भने घटेको छ।

आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ।

हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो बढेर अहिलेसम्मकै महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज फेरि थप बढेको हो।

त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।