यामाहा नेपालको नयाँ ब्लू स्क्वायर शोरूम खुल्यो, लुम्बिनीमा प्रिमियम अनुभव

यामाहा नेपालले आफ्नो नयाँ ब्लू स्क्वायर शोरूम बुटवलमा भव्य रूपमा उद्घाटन गरेको छ। बुटवलस्थित यस शोरूमलाई Bikerz Butwal Pvt. Ltd. ले सञ्चालन गर्दै आएको छ। यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रिय विस्तार रणनीतिमा महत्वपूर्ण चरण हो र लुम्बिनी प्रदेशमा प्रिमियम ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

उद्घाटन समारोहमा मुख्य अतिथि हिरोशी सेतोगावा (निर्देशक, Yamaha Motor India Sales Pvt. Ltd.), विशेष अतिथि विष्णु कुमार अग्रवाल (प्रबन्ध निर्देशक, MAW Group of Companies), YMIS अतिथि राजदीप सिंह ग्रेवाल (GM – Export Marketing, Yamaha Motor India Sales Pvt. Ltd.), दीपक कुमार अग्रवाल (कार्यकारी निर्देशक र CEO, MAW Rides Pvt. Ltd.) सहित बैंक, कर्पोरेट र सञ्चारकर्मीहरू उपस्थित थिए।

ब्लू स्क्वायर शोरूम ले यामाहाको विश्वव्यापी प्रिमियम रिटेल पहिचानलाई प्रतिविम्बित गर्दै बिक्री, सेवा र स्पेयर पार्ट्स (3S) को पूर्ण संरचना प्रदान गर्छ। प्रशिक्षित सेवा कर्मचारी, आधुनिक उपकरण, र गुणस्तरीय स्पेयर पार्ट्सका लागि छुट्टै क्षेत्रसहितको यो शोूम ग्राहकलाई सम्पूर्ण सेवा अनुभव एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले डिजाइन गरिएको छ। “ब्लू” यामाहाको प्रतिष्ठित ब्रान्ड रङ्ग हो भने “स्क्वायर”ले ‘वन-स्टप किनमेल’को अनुभव दिन्छ, जहाँ ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरी, कपडा र राइडिङ गियर एकै स्थानमा अन्वेषण र खरिद गर्न सक्छन्।

MAW Group का प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले उद्घाटन समारोहमा ब्लू स्क्वायरको महत्त्व औंल्याउँदै भने, “ब्लू सधैं यामाहाको युवाशक्ति, प्रदर्शन, उत्साह र रेसिङ DNA को प्रतीक हो। ब्लू स्क्वायर शोूमले यस अनुभवलाई जीवन्त बनाउँदै विश्वस्तरीय सेवा र ग्राहकमैत्री वातावरण प्रदान गर्नेछ। यसले केवल उत्पादन होइन, यामाहा राइडरको जीवनशैली, आकांक्षा र उत्साहलाई प्रतिनिधित्व गर्छ।”

यामाहा मोटर इन्डिया सेल्सका निर्देशक हिरोशी सेतोगावाले पनि बुटवल टोलीलाई सफल उद्घाटनको लागि बधाइ दिंदै ग्राहक सन्तुष्टिमा यामाहाको प्रतिबद्धता दोहोर्याए। उनले भने, “यो शोूम यामाहाको विश्वव्यापी स्तर कायम राख्दै उच्चस्तरीय सेवा र प्रिमियम अनुभव प्रदान गर्ने विश्वास दिलाउँछ।”

ब्लू स्क्वायर शोरूम केवल बिक्री स्थल नभई यामाहाको जीवनशैली-सञ्चालित दर्शनलाई प्रतिविम्बित गर्ने स्थान हो, जसले आधुनिक र प्रदर्शनप्रेमी राइडरको आकांक्षासँग मेल खान्छ।

यामाहा नेपाल, MAW Rides Pvt. Ltd. अन्तर्गत, देशभर नवप्रवर्तन, प्रिमियम अनुभव र विश्वसनीय सेवामा उच्चतम स्तर कायम राख्ने प्रतिबद्ध रहेको छ। बुटवल ब्लू स्क्वायर शोूमको उद्घाटनले नेपालको मोबिलिटी र राइडिङ उत्साहमा नयाँ अध्याय थपेको विश्वास गरिएको छ।