तारागाउँ रिजेन्सी होटल्सले ५% लाभांशसहित वार्षिक सभा बोलायो

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले शेयरधनीका लागि लाभांश पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा बोलाएको छ। होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश (करबाहेक) वितरण गर्ने घोषणा गरेको थियो।

कम्पनीको २९ औँ वार्षिक साधारण सभा पुस २३ गते, बुधबार, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत दरले नगद लाभांश वितरण, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ देखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार, पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।