सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनी सचिव प्रीती श्रेष्ठका अनुसार, सोमबार दिउँसो ३ बजे बसेको ५४औँ सञ्चालक समितिको बैठकले १०.१७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।
सचिव श्रेष्ठका अनुसार, उक्त लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने कम्पनीको जानकारी छ।
