काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ।
एमालेको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि मंगलबार बिहान अन्तिम नामावली प्रकाशन गरिसकेको छ।
निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका लागि गरी ३५१ पदका लागि मतदान हुँदै छ।
केन्द्रीय कमिटीका १९ पदाधिकारीमध्ये अध्यक्षमा २, उपाध्यक्षमा ११, महासचिवमा २, उपमहासचिवमा ६ र सचिवमा २० जना प्रतिस्पर्धा गर्दै छन्।
ती सबै पदका लागि आज ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुँदै छ।
