यस वर्ष सेन्ट्रल फाइनान्स लिमिटेडका सेयरधनीहरू लाभांश पाउने अवसरबाट वञ्चित भएका छन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई कुनै लाभांश नदिने निर्णय गरेको छ।
कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै गत आर्थिक वर्षको लेखापरीक्षण पूरा भइसकेको वित्तीय विवरण नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ।
सञ्चालक समितिले वित्तीय विवरण पेश गर्दा कुनै लाभांश वितरण नगर्ने व्यवस्था गरेको भए पनि कम्पनीको वित्तीय गतिविधि र विवरण पूर्ण रूपमा पारदर्शी तथा नियामक निकायको नियमअनुसार भएको जानकारी दिइएको छ।
