नेप्सेको साधारण सभा पुस २९ मा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो ४४औँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार बस्ने भएको छ। नेप्सेले काठमाडौंको युएनआई शान्ति मार्गस्थित आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्न लागेको हो।

कम्पनीले यस पटक शेयरधनीलाई आकर्षक नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ। नेप्सेको गत शुक्रबार बसेको ११४७औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। सोही आधारमा कम्पनीले कुल ८५ करोड रुपैयाँ बराबरको नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव साधारण सभामा पेस गर्नेछ।