इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनी सचिव ज्ञानीश्वर पन्तका अनुसार पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
बैठकले साथै गत आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन नेपाल राष्ट्र बैंकमा पारितका लागि पेश गर्ने निर्णय पनि गरेको छ। कम्पनीले यस निर्णयमार्फत आगामी व्यवस्थापन र वित्तीय स्थायित्वमा ध्यान केन्द्रित गर्ने जनाएको छ।
