दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा पौष १८ गते हुँदै

drishya sahakari

काठमाडौं । दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौँ वार्षिक साधारण सभा यही पौष १८ गते दिउँसो १ बजेदेखि ललितपुरस्थित डिलाइट पार्टी प्यालेसमा सम्पन्न हुने भएको छ।

सहकारीका सचिव रमेश सन्जेलका अनुसार पाँचौँ वार्षिक साधारण सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। सहकारीमा आबद्ध ५०० भन्दा बढी शेयर सदस्यहरूलाई साधारण सभासम्बन्धी जानकारी गराउने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए।

सहकारीका अध्यक्ष प्रल्हाद दाहालले वर्तमान आर्थिक चुनौतीका बाबजुद पनि सहकारीले आफ्ना शेयर सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताए। उनका अनुसार सहकारीमा हाल उल्लेख्य खराब कर्जा नरहेको र आवश्यक परेमा वर्तमान अवस्थामा पनि सुरक्षित रूपमा लगानी गर्न सक्ने अवस्था कायम रहेको छ।

सहकारीका उपाध्यक्ष टिकाप्रसाद घिमिरेका अनुसार सहकारीको कार्यक्षेत्र तीन जिल्लामा फैलिएको छ। विशेषगरी दुग्ध क्षेत्रमा आबद्ध उद्यमी, किसान तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता सहकारीमा रहेको उनले जानकारी गराए।

त्यसैगरी सहकारीका कोषाध्यक्ष दीपप्रसाद धमलाले सहकारीले ठूलो कारोबार नगरे पनि पारदर्शिता, विश्वास र सदस्य सन्तुष्टिलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको बताए। उनले साधारण सभामा सम्पूर्ण शेयर सदस्यहरूको सक्रिय तथा अनिवार्य उपस्थिति जनाउन सबैलाई आग्रह गरे।

सचिव सन्जेलका अनुसार यस पटकको वार्षिक साधारण सभामा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै असल बचतकर्ता, असल ऋणी तथा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्ने शेयर सदस्यका सन्तानहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।
साधारण सभामार्फत सहकारीको आगामी कार्ययोजना, नीति तथा कार्यक्रमबारे समेत छलफल गरिने जनाइएको छ।