लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न भएको छ। बैंकले पुस १४ गते साधारणसभा गरेको हो।
सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सो लाभांश साधारणसभाले पारित गरेको हो ।
साधारणसभाले पारित गरेसंगै उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। सभाले सभामा पेश अन्य सबै प्रस्तावहरु पनि पारित गरेको छ।
