प्रभु बैंकले ल्यायो सस्तो ब्याजदरमा ‘सपनाको घर’ कर्जा योजना

काठमाडौं । ‘बैंक अफ द इयर २०२३’ बाट सम्मानित प्रभु बैंकले आफ्ना ग्राहकहरूको आफ्नै घर बनाउने सपनालाई साकार पार्न अत्यन्तै न्यून ब्याजदरमा होम लोन (Home Loan) योजना सार्वजनिक गरेको छ। बैंकले वार्षिक मात्र ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने घोषणा गरेको हो।

‘सपनाको घर’ नाम दिइएको यस योजना अन्तर्गत ग्राहकहरूले सरल प्रक्रिया र सुलभ ब्याजदरमा घर खरिद वा निर्माणका लागि वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले दिगो र भरपर्दो बैंकिङ सेवा प्रदान गर्ने क्रममा आफ्ना ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै यो आकर्षक स्कीम ल्याएको जनाएको छ। यस कर्जा सम्बन्धी थप विस्तृत जानकारीका लागि बैंकको आधिकारिक वेबसाइट वा देशभर रहेका कुनै पनि शाखामा सम्पर्क गर्न सकिनेछ।