बिहान चिसो, दिउँसो न्यानो:दशैं नजिकिँदै गर्दा यस्तो छ आजको मौसम

mausam bivag

असोजको दोस्रो सातासँगै मौसममा क्रमशः परिवर्तन देखिन थालेको छ। बिहान र बेलुका हल्का चिसो महसुस हुन थाले पनि दिउँसो भने मौसम तुलनात्मक रूपमा न्यानो रहने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि धेरै ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

काठमाडौं उपत्यकामा आज बिहानको मौसम केही चिसो रहनेछ। दिउँसो घाम लाग्ने र तापक्रम बढ्ने सम्भावना छ। काठमाडौंमा आज न्यूनतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। वर्षाको सम्भावना करिब ३० प्रतिशत रहेको विभागले जनाएको छ।

पोखरामा भने वर्षाको सम्भावना काठमाडौंको तुलनामा बढी छ। त्यहाँ अधिकतम तापक्रम २९–३१ड्ढऋ र न्यूनतम १९–२१ड्ढऋ रहने तथा वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ।

यता तराईका जिल्लामा भने दिउँसो अझै गर्मी कायमै रहनेछ। नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ३२–३४ड्ढऋ, सिमरामा ३३–३५ड्ढऋ, विराटनगरमा ३३–३५ड्ढऋ र जनकपुरमा ३३–३५ड्ढऋ पुग्ने अनुमान छ।

दशैं नजिकिँदै गर्दा मौसममा परिवर्तन

दशैं नजिकिँदै जाँदा देशभर मौसम क्रमशः स्थिर र सुख्खा बन्दै जाने संकेत देखिएको छ। काठमाडौं उपत्यकामा पनि बिहान–बेलुका चिसो बढ्दै जाने र दिउँसो घाम लाग्ने क्रम बढ्ने सम्भावना छ।

मौसमविद्हरूका अनुसार मनसुन क्रमशः कमजोर हुँदै गएसँगै आगामी दिनमा वर्षाको गतिविधि घट्दै जान सक्छ। तर स्थानीय वायुमण्डलीय प्रभावका कारण पहाडी क्षेत्रमा भने छिटपुट वर्षा हुन सक्ने भएकाले यात्रा गर्नेहरूले मौसमको पछिल्लो सूचना हेर्नु उपयुक्त हुन्छ।

आज देशका विभिन्न स्थानको तापक्रममा भने उल्लेख्य अन्तर देखिन्छ। हिमाली क्षेत्रमा बिहान–बेलुका चिसो बढेको छ भने तराईमा दिउँसोको गर्मी अझै कायम छ।

दशैंको किनमेल, यात्रा र बाहिरी कामका लागि निस्कनेहरूलाई बिहान हल्का न्यानो कपडा र पहाडी क्षेत्रमा यात्रा गर्दा छाता वा वर्षाती साथमा राख्नु उपयोगी हुन सक्छ।

जल तथा मौसम विज्ञान विभागले मौसममा अचानक परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम सूचना हेर्न आग्रह गरेको छ।