नेपाल बैंक र नेसनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालिबिच छुटसम्बन्धी सहकार्य भएको छ । बैंकका कर्मचारी र ग्राहकलाई विभिन्न स्थानमा रहेका नेसनल प्याथ ल्याबका क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा छुट प्रदान गरिने भएको हो । बैंकका कर्मचारी र खातावाल ग्राहकलाई प्याथोलोजी ल्याबको विविध हेल्थ प्याकेजमा लाग्ने शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुट हुनेछ । सेवामा नि:शुल्क होम डेलिभरीको सुविधासमेत रहेको बताइएको छ ।
