सुर्खेतको जंगलमा १७ र १९ वर्षका किशोरकिशोरीको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सामुदायिक वनमा किशोर किशोरी मृत अवस्थामा फेला परेका छन्।

मृत अवस्थामा फेला पर्नेमा चामुण्डा बिन्दासैनी नगरपालिका–३ दैलेख निवासी १९ वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका–२ दैलेख निवासी १७ वर्षीय सुरेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बिहान दाउरा काट्न गएका स्थानीयले रुखमा झुन्डिएको शव देखेपछि शहिद पार्कस्थित अस्थायी प्रहरी बिट सुर्खेतलाई जानकारी गराएका थिए।

प्रहरीले रितपूर्वक घटनास्थल मुचुल्कालगायत प्रारम्भिक कार्य गरी दुवैको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा लगिएको छ।