भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेको साधारण शेयर (आइपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले पुस ३ गतेदेखि पुस ७ गतेसम्म आइपीओ आवेदन खुला गरेको थियो।
कम्पनीका अनुसार आइपीओमा कुल ६९ हजार ४६५ जनाले आवेदन दिएका थिए। तीमध्ये ८ जनाको आवेदन रद्द भएको थियो भने ६९ हजार ४५७ जनाको आवेदन योग्य ठहरिएको छ।
भुजुङ्ग हाइड्रोपावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको उल्लेखनीय सहभागितासँगै आइपीओमा उत्साहजनक आवेदन परेको कम्पनीले जनाएको छ।
