सिटिजन लाइफको साधारण सभाले १ अर्ब नगद लाभांश पारित गर्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ औँ वार्षिक साधारण सभा आम्रपाली व्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ। सभाले चुक्ता पुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

वार्षिक सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गरिएको छ।