हायात प्लेस बुटवलले आफ्नो बहुप्रतिक्षित कार्यक्रम “न्यू इयर्स इभ अन्डर द स्टार्स” भव्य आयोजनासँगै नयाँ वर्ष २०२६ स्वागत गरेको छ। फागुन २०२५ को पूर्वसन्ध्यामा साँझ ७ बजेदेखि सुरु भएको खुल्ला आकाशमुनिको यो उत्सवले होटलको स्विमिङ पुल परिसरलाई क्षेत्रकै प्रमुख पार्टी गन्तव्यमा परिणत गर्यो। कार्यक्रममा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पाहुनाहरूले भव्य आतिथ्य, जोडदार सांगीतिक माहोल र स्वादिला परिकारहरूको मज्जा लिएका थिए।
कार्यक्रमको सञ्चालन मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२५, प्राप्ति रानाभटले गरेकी थिइन् भने उनको आकर्षक प्रस्तुतिले रातभर माहोल रोमाञ्चक बनाएको थियो। साँझको सुरुवात “राग एण्ड रिदम्” ब्यान्डको सुमधुर लाइभ धुनबाट भयो भने डिनर समय स्याक्सोफोनको विशेष प्रस्तुति मार्फत थप रोमान्टिक बनाइयो।
रातको मध्यभागमा बेली डान्स प्रस्तुति कार्यक्रममा ऊर्जा थप्यो। मुख्य आकर्षणका रूपमा एमटिभी स्प्लिट्सभिलाबाट ख्याति कमाएकी चर्चित सेलिब्रिटी डीजे सुबुही जोशीले स्टेज सम्हालिन्। उनले बलिउड र कमर्सियल हिट गीतहरूको इलेक्ट्रिफाइङ मिक्स बजाएर पाहुनाहरूलाई डान्स फ्लोरमा नचाइन्।
पाहुनाहरूले लाइभ बारबिक्यु सहितको भव्य बफे डिनर र अनलिमिटेड प्रिमियम मदिरा तथा पेय पदार्थको आनन्द लिएका थिए। साँझको उत्कर्ष मध्यरातको ‘काउन्टडाउन’ थियो, जहाँ घडीले १२ बजाउंदा स्विमिङ पुल परिसर गुञ्जायमान भयो र औपचारिक रूपमा नयाँ वर्ष २०२६ स्वागत गरिएको थियो।
कार्यक्रमको सफलता बारे हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले भने, “खुल्ला आकाशमुनि संगीत, खानपान र बुटवलको सुन्दर दृश्यसहितको यो नौलो अनुभवले पाहुनाहरूलाई नयाँ वर्षको सुरुवातमा अविष्मरणीय याद दिएको छ।”
हायात प्लेस बुटवलले पश्चिम नेपालको हस्पिटालिटी र लाइफस्टाइल कार्यक्रमहरूमा नयाँ आयाम थप्दै आएको छ। “न्यू इयर्स इभ अन्डर द स्टार्स” को सफलताले होटलको विश्वस्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई अझ उचाइमा पुर्याएको छ।
