सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले यही पुस २९ गतेदेखि आइपीओ बिक्री सुरु गर्ने भएको हो।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले २ करोड कित्ता शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ३ लाख कित्ता कर्मचारीका लागि छुट्टाइएको छ भने बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको छ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ कार्यरत छ।
