एनआईसी एशियाले लकर सेवामा ३०% विशेष छुट सुविधा ल्यायो

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू सुरक्षित राख्न चाहने आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो लकर सेवामा विशेष छुट सुविधा ३० प्रतिशतसम्म बढाएको जनाएको छ।

बैंकका अनुसार, यो नयाँ सुविधा माघ ६, 2082 सम्मको लागि लागू हुनेछ र ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत विशेष छुट पाउनेछन्। यस योजनाले ग्राहकहरूलाई आफ्नो महत्वपूर्ण वस्तुहरू ढुक्कका साथ सुरक्षित राख्न थप सजिलो र सुविधाजनक अवसर प्रदान गर्ने बैंकले जनाएको छ।

बैंकले मुलुकभरका विभिन्न शाखामा ग्राहकको आवश्यकता अनुसार विभिन्न आकारका लकर सेवाहरू उपलब्ध गराएको छ। बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावलले यस छुट सुविधाले ग्राहकहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल र लाभदायक हुने बताए।