डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार चितवनको सौराहामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दीपक खनालको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल १५ प्रतिशत लाभांश पारित गरेको छ ।

लाभांश र पुँजी वृद्धि सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बोनस शेयर जारी गरेपश्चात संस्थाको चुक्ता पुँजी रु. २ अर्ब ५ करोड ५१ लाख १४ हजार पुगेको छ ।