इनफिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट एक्सप्याड २० प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ठूलो स्क्रिन, उत्कृष्ट प्रदर्शन र स्मार्ट फिचरको संयोजनसहित यो ट्याब्लेट पढाइ, अफिसको काम र मनोरञ्जन सबैका लागि उपयुक्त बनाइएको छ।
एक्सप्याड २० प्रोमा १२ इन्चको २के डिस्प्ले र ९० हर्ट्ज रिफ्रेस रेट रहेको छ, जसले भिडियो हेर्दा, पढ्दा वा गेम खेल्दा स्क्रीनलाई स्मूथ र क्लियर देखाउँछ। यसमा टीयुभी राइनल एण्ड आई केयर सर्टिफिकेसन भएकोले लामो समय प्रयोग गर्दा पनि आँखामा थकाइ कम हुन्छ।
यो ट्याब्लेटमा हेलियो जी १०० अल्टिमेट प्रोसेसर जडान गरिएको छ, जसले बहुकार्य सञ्चालन, गेमिङ र दैनिक काममा उच्च प्रदर्शन सुनिश्चित गर्छ। इनबिल्ट डेटा सपोर्ट भएकोले वाईफाई नहुँदा पनि इन्टरनेट प्रयोग गर्न सकिन्छ।
इनफिनिक्स एआईले लेख्न सहयोग, अनुवाद, सामग्री छोट्याउने र स्क्रीनमा देखिएका वस्तुहरू चिन्ने जस्ता स्मार्ट कामहरू सजिलै गर्न मद्दत पुर्याउँछ। मनोरञ्जनका लागि ४ वटा स्पिकर सिम्फनी सिस्टमले चलचित्र, गेम र संगीतमा ३६० डिग्री साउन्ड अनुभव प्रदान गर्दछ।
६.५८ मिमी अल्ट्रा-स्लिम मेटल युनिबडी डिजाइनले प्रिमियम लुक र मजबुत अनुभव दिन्छ। यस ट्याब्लेटले मल्टि डिभाइस केलाब्रेसन पनि सपोर्ट गर्छ, जसबाट मोबाइल र ट्याब्लेटबीच फाइल सेयर, स्क्रीन कास्ट र काम सजिलो बनाइन्छ।
नेपालमा एक्सप्याड २० प्रो दुई भेरियन्टमा उपलब्ध छ:
-
४ जीबी र्याम र १२८ जीबी स्टोरेज – मूल्य: २६,९९९ रुपैयाँ
-
८ जीबी र्याम र २५६ जीबी स्टोरेज – मूल्य: ३१,९९९ रुपैयाँ
यो ट्याब्लेट देशभरका अधिकृत इनफिनिक्स स्टोरहरूमा उपलब्ध हुनेछ। इनफिनिक्सले ठुलो स्क्रिन, स्मार्ट एआई फिचर, प्रिमियम डिजाइन र उचित मूल्य एउटै ट्याब्लेटमा ल्याएर बहुउपयोगी ट्याब्लेट खोज्ने प्रयोगकर्ताको आकर्षण बढाउने विश्वास व्यक्त गरेको छ।
