वेष्ट फाइनान्सकाे २९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारणसभा २०८२ पौस ३० गते तिनकुने, काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत भई छलफलसहित पारित गरिएको छ। साथै, कम्पनीको दिगो वृद्धि र वित्तीय सुदृढीकरणका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी प्रस्तावसमेत सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ।

साधारण सभाले कम्पनीको भावी रणनीति, संस्थागत क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धी वित्तीय बजारमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस अवसरमा वेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्ना समस्त शेयरधनी, ग्राहक, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, सुरक्षित तथा नवीनतम वित्तीय सेवामार्फत ग्राहकको विश्वास जित्दै अघि बढ्ने लक्ष्य लिएको जनाएको छ।