गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठक सुरु

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक आज जारी छ। पार्टीको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यहरूको यो बैठक ललितपुरको कुपन्डोलस्थित पार्टी प्यालेस मा बसिरहेको छ।

महामन्त्री प्रदीप पौडेलको सचिवालयका अनुसार बैठकमा पार्टीको आगामी रणनीति, संगठनात्मक सुधार र वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकले आगामी कार्यक्रमहरू तथा पार्टी आन्तरिक कार्य सञ्चालनलाई अझ सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू लिन सक्ने अनुमान गरिएको छ।