नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘विद्युतीय व्यापार (ई-कमर्स) ऐन २०८१’ का सम्बन्धमा आज एक महत्वपूर्ण ‘बहु-सरोकारवाला परामर्श तथा सुझाव संकलन सत्र’ आयोजना गर्दैछ।
क्यान महासंघको सचिवालयमा दिउँसो २:०० बजेदेखि ५:०० बजेसम्म संचालन हुने यस कार्यक्रमको मुख्य उद्देश्य ई-कमर्स ऐनका प्रावधानहरूमाथि छलफल गरी आइटी उद्योगका तर्फबाट साझा धारणा तय गर्नु रहेको छ। क्यान महासंघका नीति संयोजक तथा वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीका अनुसार, यस सत्रबाट प्राप्त हुने सल्लाह र सुझावहरूले नीतिगत संवाद र ऐनको सफल कार्यान्वयनमा ठूलो सहयोग पुर्याउनेछ।
कार्यक्रममा सूचना प्रविधि विज्ञ, ई-कमर्स उद्यमी र सरोकारवालाहरूको उपस्थिति रहनेछ। सहभागीहरूले ऐनका चुनौती र अवसरहरूबारे आफ्ना धारणा राख्नेछन्, जसलाई महासंघले सरकार समक्ष आधिकारिक उद्योग स्थितिको रूपमा प्रस्तुत गर्ने योजना बनाएको छ।
कार्यक्रमको विवरण:
-
विषय: ई-कमर्स ऐन २०८१ माथि बहु-सरोकारवाला परामर्श
-
आयोजक: क्यान महासंघ
-
स्थान: क्यान महासंघ सचिवालय, काठमाडौं
-
समय: दिउँसो २:०० देखि ५:०० बजेसम्म
