मेयर बालेन शाहले राजीनामा दिँदै झापाबाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने तयारी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। उनले दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर औपचारिक रूपमा राजीनामा पेश गर्नेछन्।

रास्वपाको केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाइँदैछ। बैठकपछि सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रम रहेको छ।

बालेन शाह झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन्। उनका लागि रास्वपाले उक्त क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ।

इन्जिनियर विषयमा अध्ययन गरेका र र्‍यापरको छवि बनाएका बालेन शाह २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए। जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेका थिए।

गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै ७ बुँदे समझदारी गरेका थिए।