देश निर्वाचनको माहोलमा प्रवेश गरेसँगै शेयर बजारमा आज उल्लेखनीय उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४२ अंकले बढ्दै सकारात्मक गतिमा अघि बढेको छ।
बजार बन्द हुँदा नेप्से १.५८ प्रतिशतले वृद्धि भई २७१४.८१ विन्दुमा पुगेको छ। लगानीकर्ताको सक्रिय सहभागितासँगै आज कारोबार रकम पनि उच्च देखिएको छ। दिनभरमा ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ बराबरको २ अर्ब ५१ करोड ८५ लाख ६४७ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा अधिकांश कम्पनीका शेयर मूल्यमा वृद्धि देखिएको छ। कुल कारोबार भएका कम्पनीमध्ये २२४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। बाँकी ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
दिनभरमा ३३९ वटा कम्पनीका शेयर १ लाख १५ हजार १८१ पटक कारोबार भएका छन्।
