गृहमन्त्री गुरुङ बिमस्टेक,भारत भ्रमण सकि स्वदेश फिर्ता

  • Clock icon
    २०८३ आश्विन २९, बिहीबार

गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सकेर गएराति स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी गएका थिए।

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरे।

त्यसक्रममा उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरेका छन्।

स्वदेश फर्कने क्रममा इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा.एस जयशङ्करसँग सङ्क्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री गुरुङ यही असोज २६ गते भारत भ्रमणमा गएका थिए। मन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।