बोनसपछि नेकोको शेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरिएको छ। कम्पनीले ३ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेसँगै सोही आधारमा शेयर मूल्य समायोजन गरिएको हो।

नेप्सेका अनुसार यसअघि प्रतिकित्ता ६५४ रुपैयाँ ९० पैसा रहेको नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजनपछि ६३५ रुपैयाँ ८३ पैसामा कायम भएको छ। समायोजित नयाँ मूल्यका आधारमा कम्पनीको शेयर आगामी कारोबार दिनदेखि दोस्रो बजारमा किनबेच हुनेछ।

बोनस शेयर वितरणपछि गरिएको मूल्य समायोजनले शेयर कारोबारलाई सहज बनाउने र लगानीकर्तालाई थप स्पष्टता दिने अपेक्षा गरिएको छ।