काठमाडौँ । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि स्वास्थ्य सेवा सुविधाअन्तर्गत प्याथोलोजी प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरेको छ । बैंकले स्वास्थ्य सेवामा पहुँच सहज बनाउन यस विशेष सुविधा लागू गरेको छ ।
यस सुविधाअन्तर्गत सबै प्रकारका प्याथोलोजी ल्याब परीक्षण सेवामा १५ प्रतिशत छुट प्रदान गरिनेछ । उक्त सुविधा काठमाडौंको डिल्लीबजार, चारखाल क्षेत्रमा रहेको सिद्दी पोलिक्लिनिक सेवा केन्द्रमार्फत उपलब्ध हुनेछ ।
बैंकले ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । साथै, सेवा, समय र थप जानकारीका लागि बैंकको कल सेन्टरमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपाल बैंक लिमिटेडले भविष्यमा पनि ग्राहक-मैत्री सेवा र लाभ कार्यक्रमहरूलाई निरन्तर विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
