सुन–चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ६ हजार ६ सयमा पुगेको छ

काठमाडाैं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रूपैयाँ पुगेको छ, जुन मंगलबारको ३ लाख ५ हजार ५ सय रूपैयाँको मूल्यभन्दा १ हजार १ सय रूपैयाँ बढी हो।

त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ५ हजार २ सय ९० रूपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार २ सय ४० रूपैयाँमा कारोबार भइरहेको थियो। यसरी चाँदीको मूल्य ५० रूपैयाँले वृद्धि भएको छ।