सिंहदरबारमा दुई घण्टा विद्युत अवरुद्ध

सिंहदरबारमा दुई घण्टा विद्युत अवरुद्ध भएको छ । आज बिहान साढे ११ बजेदेखि साढे १ बजेसम्म बत्ती गएको हो ।

जसका कारण सबै मन्त्रालयको नियमित कामकाज प्रभावित भएको छ । नेपाल टेलिभिजनको कार्यालय परिसरमा चराहरू तारमा ठोक्किएपछि विद्युत सर्ट भएर बिजुली बन्द भएको रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।

‘एनटिभी अगाडीको पोलमा सर्ट भएको रहेछ, लोखर्के र काग ठोक्किएर मरेछन्, तीन वटा टोलीले बनाइसकेको विद्युत प्राधिकरणले उल्लेख गरेको छ ।