काठमाडौं । महाविशरात्रिको अवसरमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ हजार ८०० रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो।
