काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना पद्म ज्योति ग्रुप र विश्वविख्यात खाद्य कम्पनी ‘रिच्स इन्डिया’ बीचको सहकार्य थप सुदृढ र विस्तार भएको छ । यो नयाँ सम्झौतासँगै नेपालको फुडसर्भिस, बेकरी र कुलिनरी (पाककला) क्षेत्रमा आधुनिक प्रविधि र विश्वस्तरीय मापदण्ड भित्रिने निश्चित भएको छ ।
८० वर्षको विरासत र नेपाली बजार सन् १९४५ मा स्थापित ‘रिच्स’ ८० वर्षभन्दा लामो अनुभव भएको विश्वकै अग्रणी पारिवारिक खाद्य कम्पनी हो । ‘नन-डेयरी ह्विप्ड टपिङ’ मा विश्व प्रसिद्ध यस कम्पनीले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आएको छ । पद्म ज्योति ग्रुपसँगको यो नयाँ रणनीतिक साझेदारीले केवल सामान वितरण मात्र नभई नेपाली सेफहरूको क्षमता अभिवृद्धि र नयाँ ‘फूड ट्रेन्ड’ भित्राउन मुख्य भूमिका खेल्नेछ ।
साझेदारीका मुख्य आकर्षणहरू:
-
प्राविधिक तालिम: नेपालभरका सेफ, बेकर र फुडसर्भिस सञ्चालकहरूलाई विश्वस्तरीय प्रविधि र उत्पादनको सही प्रयोगबारे तालिम दिइनेछ ।
-
इनोभेसन र गुणस्तर: आधुनिक बेकरी र डेजर्टको क्षेत्रमा नयाँपन ल्याउन लाइभ डेमोस्ट्रेसन (प्रत्यक्ष प्रदर्शन) र प्राविधिक मार्गदर्शन प्रदान गरिनेछ ।
-
मजबुत सञ्जाल: पद्म ज्योति ग्रुपको स्थापित वितरण प्रणाली र पूर्वाधारमार्फत उच्च गुणस्तरका उत्पादनहरू देशैभर पुर्याइनेछ ।
पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिको नेतृत्वमा रहेको ‘सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालि’ (SIIPL) ले सन् २००७ देखि नै एफएमसीजी र फ्रोजन डेजर्टको क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै आएको छ ।
के भन्छन् नेतृत्वकर्ता ?
सहकार्यबारे बोल्दै रिच्स इन्डियाका प्रबन्ध निर्देशक पंकज चतुर्वेदीले भन्नुभयो, “हाम्रो यो साझेदारी इनोभेसन र विशेषज्ञतामार्फत नेपालको पाककलाको स्तरलाई उचाइमा पुर्याउने साझा दृष्टिकोणमा आधारित छ । यसले नेपालका फुड प्रोफेसनलहरूलाई विश्वस्तरीय अनुभव प्रदान गर्नेछ ।”
यो सहकार्यले नेपालको हस्पिटालिटी र रिटेल क्षेत्रलाई नयाँ दिशा दिँदै उपभोक्ताहरूलाई अन्तर्राष्ट्रियस्तरको ‘गउर्मेत’ परिकारको स्वाद चखाउने लक्ष्य राखेको छ ।
