हुलास फिनसर्भको आईपीओ प्रक्रिया अघि बढ्यो

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज संस्थाले कार्तिक १२ गते सम्पन्न वार्षिक साधारण सभाको निर्णयअनुसार आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको जनाएको छ।

धितोपत्र बोर्डले फागुन १३ गते प्रकाशन गरेको आईपीओ सूचीमा अन्य वर्ग अन्तर्गत कम्पनीको प्राथमिक सार्वजनिक निष्काशनसम्बन्धी निवेदन सूचीकृत गरेको छ।

कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर प्रति कित्ता ३५८ रुपैयाँ ८५ पैसा दरले प्रिमियम मूल्यमा जारी गर्ने प्रस्तावसहित आवेदन दिएको हो।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त रहेको छ। कम्पनीले सर्वसाधारणलाई सहभागी गराउँदै पूँजी आधार सुदृढ बनाउने लक्ष्यका साथ आईपीओ प्रक्रिया अघि बढाएको जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार