रिभर फल्स पावरको सेयरमा सकारात्मक सर्किट

शेयर बजार परिसूचक नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा झरेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरिमा ७ अर्ब ९७ करोडको कारोबार भएको छ।

१ करोड ७१ लाख कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।

आज बिहिबार ९४ वटा शेयरको मूल्य बढ्दा १५३ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको नेप्सेले जनाएको छ।

यस दिन रिभर फल्स पावरको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले ४७.६९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।

यसबाहेक बुटवल पावर कम्पनी, प्योर इनर्जी, वरुण हाइड्रो र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर पनि क्रमशः ९.९८, ९.९८, ९.९६ र ९.५० प्रतिशतले बढेका छन्।

घटेका शेयरमध्ये ओम मेगाश्री फर्म्यास्युटिकल्स अगाडि छ। कम्पनीको शेयर ९.३० प्रतिशतले घट्दा लगानीकर्ताले प्रतिकित्ता नै १८५.४६ रुपैयाँ गुमाएका छन्। बाँकी शेयरहरु अधिकतम ३.९० प्रतिशतसम्मले घटेका छन्।

कारोबारमा आज राधी जलविद्युतले सबैलाई उछिनेको छ।

कम्पनीको ९१ करोडको कारोबार भएको छ। यसबाहेक युनिभर्सल पावर कम्पनीको ६४ करोड, बुटवल पावर कम्पनी ४९ करोड, ङादी ग्रुप पावरको ४३ करोड र अरुण कावेली पावरको २९ करोडको कारोबार भएको छ।