मौन अवधिमा जसपाका उम्मेदवार सिराहाबाट पक्राउ

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका एक उम्मेदवार सिराहाबाट नगदसहित पक्राउ परेका छन्।

सिराहा क्षेत्र नम्बर ३ का जसपाका उम्मेदवार अशेश्वर यादव गएराति नगदसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

मौन अवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन्।

उनी सिराहा सदरमुकाम नजिकबाट गएराति साढे १२ बजे प्र. २–०२–००१ च ०८७ नम्बरको स्कार्पिओ गाडीसहित पक्राउ परेका हुन् ।

उनको गाडीमा ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेको छ। सो रकम बरामद गरेर यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको छ।

 

 

नेपालखबरबाट साभार

 

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार