केपी ओली बदलाको भावबाट चलिराख्नुभएको छ – माधबकुमार नेपाल

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक क्यारियर समाप्त पार्न खोजेको आरोप लगाएका छन्।

अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालले ूमेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन । मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो । पहिला पनि उहाँले पटकपटक यस्तै कोशिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चलिरहनुभएको छ ।’

पतञ्जलि नेपालको जग्गा काण्डमा उनको सांसद पद पनि निलम्बनमा परेका छ ।