बाजुरा । प्रतिनिधि सभा निर्वाचनमा बाजुराबाट पराजय भएपछि पूर्व उम्मेदवार हेमराज थापाले मतदातासँग आफ्नो अटुट सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।
थापाले मतगणना पश्चात भन्नुभयो, “हामी ‘म’ बाट ६०३५ भएका छौँ। तर तपाईँ सबै एक लाख पचास हजार बजुरेली मेरो आफ्नै परिवार हुनुहुन्छ। तपाईँको सुख–दुःखमा म सधैं तपाईँहरूसँगै रहनेछु। मलाई तपाईँहरूसँग जोड्न भूमिका खेल्ने सबैलाई मेरो सत–सत नमन र हार्दिक धन्यवाद।”
उनले आफ्नो हारलाई व्यक्तिगत असफलता नभई समुदायसँगको स्थायी सम्बन्धको रूपमा व्याख्या गर्दै, आगामी दिनमा पनि बजुरेलीहरूको हितका लागि निरन्तर काम गर्ने वचन व्यक्त गर्नुभयो।
स्थानीय समाजमा सक्रिय रहेका थापाले मत परिणामले उनको प्रतिबद्धता घटाउने छैन, बरु भावी समाजसेवा र विकासका योजनामा अझ उत्साहका साथ लाग्ने जनाएका छन्।
