बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानद्धारा नेपाललाई बधाई

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा सम्पन्न संसदीय निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।

उनले सामाजिक सञ्जाल X (@trahmanbnp)मार्फत ५ मार्च २०२६ मा सम्पन्न निर्वाचनलाई महत्वपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा उल्लेख गरेका छन्।

उनले उक्त निर्वाचनले नेपाली जनताको आकांक्षा, सहनशीलता तथा लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गरेको बताएका छन्।

साथै बङ्गलादेशले नेपालसँगको दीर्घकालीन मित्रता र सहकार्यलाई नयाँ सरकारसँग मिलेर अझ सुदृढ बनाउने अपेक्षा गरेको उल्लेख गरेका छन्।