शम्भु थापामाथि पत्रकारले दुर्व्यवहार गरेको सर्वोच्च बारको आरोप – विज्ञप्ति सहित

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

सर्वोच्च अदालत बार एशोसियसनले वरिष्ठ अधिवक्ता शम्भु थापामाथि बिहीबार पत्रकारले दुर्व्यवहार गरेको दाबी गर्दै भर्त्सना गरेको छ। बारका महासचिव रमणकुमार कर्णले आज शुक्रबार विज्ञप्ति जारी गरी व्यक्तिगत प्रतिष्ठा र गोपनीयताको अधिकार हनन् नहुने गरी पेशागत मर्यादा कायम गर्न भनेका हुन्।

बिहीबारको थापाको शैलीलाई लिएर आलोचना भइरहेको बेला सर्वोच्च बार उनको बचाउमा उत्रिएको हो।

बिहीबार नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयबाट बाहिरिनेक्रममा पत्रकारले फोटोरभिडिओ खिच्दा पत्रकार र थापाबीच विवाद भएको थियो।

‘पत्रकारिता पेसाको संवेदनशीलता र जिम्मेवारी समेतलाई केन्द्रमा राखी पेशागत कार्य गर्दा वा गरिएका बखत व्यक्तिको व्यक्तिगत प्रतिष्ठा र गोपनीयताको अधिकार हनन् नहुने तवरले संयमित एवं मर्यादित भएर मात्र गर्नुहुन यो बार सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ।

 

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार