मधेस प्रदेशको नाम जनक वा जानकी राख्नुपर्ने देउवाको प्रस्ताव

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकी राखेको भए उत्तम हुने बताउनुभएको छ ।

जनकपुरमा आज शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । उहाले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको उल्लेख गर्नुभयो ।

जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको उनको भनाई थियो। राजर्षि जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि देउवाको भनाई छ ।

सभापति देउवाले भन्नुभयो, ‘राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ। अत्यन्तै ऐतिहासिक, धार्मिक र महत्वपूर्ण ठाउँ हो जनकपुर। जानकीलाई मैथिली पनि भन्ने चलन थियो पहिला पहिला। त्यसकारणले यो अत्यन्तै सुन्दर ठाउँ हो। अत्यन्तै विकसित भाषा मैथिली बोलिने ठाउँ र साथै पौराणिक ठाउँ भएकाले यसको धेरै महत्व छ। मधेस प्रदेशको नाम त जनक प्रदेश राखेको भए भइहाल्थ्यो नि। मधेस प्रदेशको नाम त जानकी प्रदेश राखेको भए भइहाल्थ्यो नि भनेर मैले भनेकै हो।’

पूर्वप्रधानमन्त्री देउवाले थाइल्यान्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि उल्लेख गर्नुभयो ।

 

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार