पूर्व राष्ट्रपति विद्या विराटनगरबाट झापा

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी झापातिर लाग्नुभएको छ । हिजो विराटनगर जानुभएकी उहाँ आज त्यहाँबाट झापा पुगेर तीन दिन बस्ने बुझिएको छ ।

आज शुक्रबार विराटनगरमा आयोजित पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय भेला उद्घाटन गरेपछि उहाँ झापा जानुभएको हो । हिजैदेखि मोरङमा राजनीतिक भेटघाटमा सक्रिय भएर झापामा पनि तीन दिन सक्रिय हुने खबरले बालुवाटार निवासलाई एकाएक चिन्ता बढाएको बताइन्छ ।

हिजो विराटनगर विमानस्थलमा पूर्व राष्ट्रपति भण्डारीलाई स्वागत गर्न कोशी प्रदेशका प्रथम मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई,प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीलगायत नेता तथा कार्यकर्ता पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर पुगेपनि पूर्व राष्ट्रपति भण्डारीसँग भेटघाट र कुराकानी नभएको बालुवाटार श्रोतले बताएको छ ।