३ हजारभन्दा बढी नेपालीको अस्थायी बसोबासको निवेदन अस्वीकृत गर्दै पोर्चुगलले उक्त नेपालीहरूलाई देश छोड्न भनेको छ।
नेपालीहरुको काम र बसोबासका लागि स्तरीय गन्तव्य बन्दै आइरहेको पोर्चुगलमा केही मात्रामा अनाधिकृत ढंगबाट गइरहेको समेत पाइएको थियो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको परिप्रेक्ष्यमा यो समाचारबाट आएको संकेत भने राम्रो होइन ।